हंगेरीका प्रधानमन्त्रीद्वारा युरोपियन युनियनको आलोचना

एजेन्सी : हंगेरीका प्रधानमन्त्री भिक्टोर ओर्बानले युरोपेली संसद्ले आफ्नो देशको सम्मानमा ठेस पु-याएको बताएका छन् ।

कानुनी शासन र युरोपेली संघका मूल्यमान्यताहरूको हंगेरीले उलंघन गरेको आरोप युरोपेली सांसदहरूले लगाइरहँदा उनले युरोपेली संसदमा देशको बचाउ गरेका हुन् ।

विपक्षीहरूले हंगेरीको निन्दा गर्दै अल्पसंख्यक र  शरणार्थीहरूको अधिकारमाथि हंगेरीले आक्रमा गरेको आरोप लगाएका थिए ।

आप्रवासनजस्ता मुद्दाहरूमा प्रधामन्त्री भिक्टोरले सरकारका नीतिहरू युरोपेली संघका लागि जोखिमपूर्ण हुने वा नहुने विषयमा आफ्नो धारणा व्यक्त गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?