ब्राजिलका पूर्व राष्ट्रपति लुला निर्वाचनमा भाग लिन रोकिए

एजेन्सी :ब्राजिलका पूर्व राष्ट्रपति लुईस इनासियो लुला डा सिल्भालाई अर्को महिना हुने राष्ट्रपति पदको निर्वाचनमा भाग लिन अदालतले अनुमति दिएन ।

लुलाको ठाउँमा उनको वर्कर पार्टीले अर्कोलाई चुनावमा उठाउने तयारी गरेको सो पार्टीका नेता ग्लेइसी हफम्यानले घोषणा गरेका हुन् ।

१२ वर्षको जेल सजाय अन्तर्गत प्रहरी प्रधान कार्यालयमा लुलालाई राखिएको छ । सो कार्यालय बाहिर पार्टीले आयोजना गरेको कार्यक्रममा यो घोषणा गरिएको हो ।

ब्राजिलको निर्वाचन आयोगले लुलालाई चुनाव लड्नबाट रोकेको हो ।

राष्ट्रपति पदका उम्मेदवार बनेका उग्र दक्षिण पन्थी नेतालाई छुरा रोपेर घाइते बनाएको केही दिनपछि यो निर्णय सार्वजनिक भएको हो ।

लुलाका समर्थकहरूले ५महिनादेखि प्रहरी प्रधानकार्यालय अगाडि उनको रिहाईको माग गरी प्रदर्शन गदै आएका छन् ।

लुलाको ठाउँमा उनको कार्यकालमा मन्त्री रहेका फर्नान्डो हडाडले चुनाव लडने भएका हुन् ।

निर्वाचन आयोगको यो निर्णय विरूद्ध वर्क पार्टीका नेताले सर्वोच्च अदालतमा उजुरी दिएका छन् ।

यसबारमा सर्वोच्चको फैसला आउन बाँकी रहेको छ ।

वर्कर पार्टीले चुनावमा “हडाड लुला हो’ नारा तय गरेको छ ।ब्राजिलमा लुला सर्वाधिक लोकप्रिय नेताको रूपमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?