भारतको तेलंगना दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५३ पुग्यो

काठमाडाैं : भारतको तेलंगना राज्यमा भयानक बस दुर्घटना हुँदा अहिलेसम्म ५३ जनाको मृत्यु भएको सरकारी अधिकारीहरू जानकारी दिएका छन् । 

राज्यको कोंडागटुटको एउटा मन्दिरबाट जगित्याल जाँदै गरेको ८६ जना सवार यात्रुबस दुर्घटनामा परेको हो । 

चालकसहित ५३ जनाको मृत्यु भएको तेलंगनास्थित सडक सुरक्षा प्राधिकरणले उल्लेख गरेको छ । 

दुर्घटनामा ठूलो संख्यामा नागरिक हताहत भएपछि भारतीय राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीले दु:ख व्यक्त गरेका छन् । 

तेलंगनाका मुख्यमन्त्री चन्द्रशेखर रावले मृतकका परिवारलार्इ ५-लाख रूपैयाँ राहत दिने र १४ लाख किलोमिटरभन्दा बढि गुडेका गाडीलार्इ प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । 

दुर्घटनामा परेको सो यात्रुबस सन् २००७ मा किनिएको र १४ लाख ५० हजार किलोमिटरभन्दा बढि दुरी गुडीसकेको बतार्इएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?