एजेन्सी : विशिष्टिकृत त्रिआयामिक मुद्रक(थ्री डी प्रिन्टर्स)को उपयोग गरी मानव तन्तुको जैविक छापाखाना(बायोप्रिन्टिंग) प्रणालीले अंग प्रत्यारोपण, क्यान्सरको उपचार र एन्टिबायोटिक विकासको कार्यान्वयनका साथ औषधिको रूपान्तरणमा सहयोग गर्ने विश्वास दिलाएको छ ।
यो प्रणालीबाट जीवन पाउने १० जना मध्ये जीवन पाउने एक लुक मासेला हुन ।
उनको शरीरको कोष(सेल)हरूबाट मूत्राशय(ब्लाडर) निर्माण गरी उनको मूत्राशयलाई हटाएर राखिएको थियो ।
लुक जन्मिदा स्पाइना बाइफिडा भन्ने समस्यासाथ जन्मेका थिए । यो भनेको उनको मेरुदण्डको बायाँमा केही खाली थियो ।
१० वर्षसम्म उनलाई दर्जन बढी शल्यक्रिया गरी चिकित्सकहरूले बचाए । शुरूवातमा मालेसा कहिल्यै हिड्न नसक्ने बुझाई डाक्टरहरूमा थियो ।
उनको मूत्राशयको गडवडीले उनको मृगौलालाई काम गर्न असफल बनायो ।
लुक भन्छन् “ मेसिनको माध्यमबाट रगत शुद्ध गरिने विधि डायलाइसिस मलाई जीवन भर गर्नुपर्ने सम्भावित समस्याको सामना गर्नुपर्ने चुनौती मेरा अगाडि थियो ।
मेरो भाई जस्ता एक सामान्य बालक जस्तो खेलकुद गर्न सक्ने हुने छैन् भन्ने पीडा थियो ।”
बोस्टन चिल्ड्रन्स हस्पिटका लागि एक शल्य चिकित्सक अन्थोनी एटालाले लुकको मूत्राशयको सानो टुक्रा लिएर गए ।
उनको प्रयोगशालामा दुई महिना पछि त्यसबाट अर्को बनाए । त्यसपछि १४ घन्टाको शल्य चिकित्सा प्रक्रियाबाट उनको खराब मूत्राशयको ठाउँमा डाक्टर एटालाले अर्को प्रत्यारोपण गरिदिए ।
आफ्नो शरीरको कोषबाट बनेको मूत्राशलले शरीरमा अस्वीकार हुने सम्भावना पन नहुने लुकले जनाए ।
शरीरमा बाहिरको अंग प्रत्यारोपण गरिए शरीर भित्रको रोग प्रतिरोधी प्रणालीले अर्को अंगमाथि हमला गरी अस्वीकार गर्ने गर्छ ।
रोगीकै कोषबाट विकास गरीएको अंगमाथि यस्तो हमलाको सम्भावना हुँदैन् ।
२७ वर्षीय लुकले अहिले गहना उद्योग चलाउँछन् । १३ वर्ष हुन अघि उनको १७ पटक शल्य चिकित्सा गर्नु प-यो । त्यसयता केही गर्नुपरेको छैन् ।
उनी भन्छन् “म अब सामान्य जीवन बाँच्ने भएको छु ।”
डाक्टर एटालाले थ्रीडी इन्कजेट मेसिनको प्रयोग गरी जैविक छपाइको माध्यमबाट जैविक तन्तु निर्माण गर्ने काम गर्छन् ।
एटालाको टीमले यो विधिबाट छाला,मूत्रनली र कार्टिलेज जस्ता मानवअंगको निर्माण गरी रोगीको शरीरमा राखिसकेका छन् ।
यी अंगहरूको निर्माण उनको प्रयोगशालामा निर्माण हुन्छ ।
अमेरिकाको खाद्य तथा औषधि प्रशासनबाट यी अंगहरूको क्लिनिकल परीक्षण हुने गर्छ ।
डाक्टर एटालाले रक्तनली र मूत्रनली जस्ता अंग बनाउन केही जटिल हुने गरेको बताए ।
सर्वाधिक कठि कार्यमा मुटु, फोक्सो र मृगौला जस्ता अंगको निर्माण रहेको छ । प्रति सेन्टिमीटर क्षेत्रमा धेरै धेरै कोषको आवश्यकता पर्छ ।
सन् २०१२मा बायोप्रिन्टिंग(जैविक छापाखाना)को विकास गर्ने शिन्या यामानाका र सर जोन गुर्डोनलाई नोबेल पुरस्कार दिइएको थियो ।
बायोप्रिन्टिंगको स्टार्टअप बायोलाइफ४डीका प्रमुख कार्यकारी स्टिभन मोरिसले भने “गएका दुई वर्ष भित्र धेरै काम भएको छ ।” मोरिसले अर्को वर्ष मानिसको कोषबाट मुटुको विकासमा काम
गरिरहेका छन् ।
विशिष्टिकृत जैविक छापाखाना(प्रिन्टर)ले क्यान्सरका गाँठो( ट्युमर)लाई फेरि उमारेर त्यसको अध्ययन गर्न डाक्टरलाई उपलब्ध गराउन सक्छ ।
यसबाट क्यान्सरको रोगको उपचार गर्न सजिलो हुने स्विडनको स्टार्टअप सेलिंकका प्रमुख कार्यकारी एरिक गेटनहमले भने ।
युरोपियन युनियनले उनको कम्पनीमा २५ लाख युरोको अनुदान टयुमरको अध्ययनसम्बन्धी विकासका लागि दिएको छ ।
जैविक छापाखानाले रोगीलाई कुन एन्टिबायोटिकले निको पार्नेे अध्ययनमा पनि सहयोग गर्ने भएको छ ।
पालो अल्टोस्थित ठूलो टेक कम्पनी एचपीका उपाध्यक्ष एनेटी फ्रिस्कपले विशेष रोगीलाई कुन किसिमको एन्टिबायोटिक चाहिने हो त्यसको अध्ययनमा यसले सघाउने बताए ।
जैविक छापाखानाका लागि मसि चाहिन्छ । सेलिंक जस्ता कम्पनीहरूले जैविक मसि(बायोइंक)को निर्माण गरिरहेका छन् ।
यसको अर्को उच्चकिसिमको विकास जापानमा भएको छ ।
दक्षिणी जापानको सागा विश्वविद्यालयका कोइचिी नाकायामाले स्काफफोल्ड बिना नै थ्रीडी टिस्यु निर्माण गर्ने विधिको पत्ता लगाउने कार्य गरिरहेका छन् ।
उनले यो विधिबाट निर्माण हुने पहिलो मानिसको विकास गरिरहेका छन् ।
स्रोतः बीबीसी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया