भारतविरुद्धको पाँच टेस्ट सिरीजको उपाधि इंग्ल्याण्डलाई

एजेन्सी । भारतविरुद्धको टेस्ट सिरीजको इंग्ल्याण्डले ४-१ ले आफ्नो पक्षमा पारेको छ । 

पाँचौ टेस्ट म्याचमा इंग्ल्याण्डले भारतलाई १ सय १८ रनले हराउँदै सिरीज ४-१ ले जितेको हो । पाँचौ टेस्टको अन्तिम खेल अगाडि नै सिरीज कब्जा गरेको इंग्ल्याण्डले अन्तिम टेस्ट पनि आफ्नो नाममा पार्‍यो । 

४ सय ६४ रनको विशाल लक्ष्य पछ्याएको भारतका लागि लोकेश राहुल र ऋषभ पन्तले संघर्ष गरे पनि उनीहरु आउट भएलगत्तै भारतको ब्याटिङ ध्वस्त भएको थियो ।

ओपनर ब्याट्सम्यान लोकशले १ सय ४९ रन तथा ऋषभले १ सय १४ रन बनाउँदै पेभेलियनमा फर्किएका थिए । इंग्ल्याण्डका अदिल रसिदले राहुल र पन्तलाई आउट गरेपछि भारतको पारी कमजोर भएको थियो ।

त्यस्तै, अजिंका रहेणेले ३७ को र  रविन्द्र जडेजाले १३ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।  कप्तान विराट कोहली, हनुमान विहारी, चेतेश्वर पुजारा, मोहम्मद सामी शुन्य रनमा आउट भए ।  

इंग्ल्याण्डका जेम्स एन्डरसनले ३ तथा अदिल रसिद र साम कुरानले समान दुई-दुई विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ३सय ३२ रन बनाएको थियो । भारतले पहिलो पारीमा २ सय ९२ रन बनाए पछि ४० रनले पछि परेको भारतलाई इंग्ल्याण्डले दोस्रो पारीमा ४ सय २३ रन बनाएर इनिङ समाप्त भएको घोषणा गरेको थियो ।

त्यसपछि ४ सय ६४ रन पछ्याउन मैदान आएको भारत कुनै पनि बेला इंग्ल्याण्डमाथि हावी हुन सकेन । यो टेस्टसँगै इंग्ल्याण्डका एलेस्टर कुकले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।

उनले अन्तिम टेस्टमा पनि शतक बनाएर कीर्तिमान समेत राख्न सफल भए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?