एजेन्सी । स्विट्जरल्याण्डविरुद्धको मैत्रिपूर्ण खेलमा इंग्ल्याण्ड विजयी भएको छ ।
मंगलवारराति भएको खेलमा इंग्ल्याण्डले स्विट्जरल्याण्डलाई १-० गोल अन्तरले पराजित भएको हो । प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलको पहिलो हाफसम्म दुवै टिम गोलरहित बराबरीमा रोकिएका थिए ।
खेलको ५४ औँ मिनेटमा इंग्लयाण्डका लागि मार्कस रासफोर्डले गोल गरे । उनले केले वार्करको पासलाई सदुपयोग गर्दै गोल गरेका हुन् ।
यूईएफए नेशन्स कपमा स्पेनसँग पराजित भएपछि इंग्ल्याण्डका प्रशिक्षक ग्यारेथ साउथगेट ९ जना खेलाडी परिवर्तन गरेर मैदान उतारेका थिए ।
त्यस्तै मंगलवार राति नै भएको अर्को खेलमा कतारले प्यालेस्टाईनलाई ३–० ले पाखा लगायो । यता नर्दन आयरल्याण्डले इजरायलमाथि ३–० को जित निकाल्न सफल भयो । इण्डोनेशियाले मौरिससलाई १–० ले हराउन सफल भयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया