साफ च्याम्पियनसिप : वर्षाका कारण नेपाल र माल्दिभ्सबीचको खेल प्रभावित, नेपाल १-० ले पछाडि

बंगलादेश । जारी साफ च्याम्पियनसिप अन्तर्गत पहिलो सेमिफाईनलको पहिलो खेल वर्षाले प्रभावित बनेको छ ।

पहिलो हाफको खेल चलिरहदाँ निरन्तर वर्षा भएपछि खेल केहीबेर रोकिएको छ । चट्याङको सम्भावित खतराका कारण खेल स्थगित गरिएको हो ।  खेलको २७ औँ मिनेट चलिरहदा खेल स्थगित भएको हो ।  जारी खेलमा माल्दिभ्सले एक-शुन्यको अग्रता बनाएको छ ।

खेल शुरु भएको १० मिनेट पनि बित्न नपाउँदै नेपालले गोल खान पुग्यो । माल्दिभ्सका इब्राहिम हसन वाहिदले फ्रि-किक सहि दिशा दिर्दै गोलपोष्टको चाली चुमाए ।  १२ औँ मिनेटमा नेपालले फ्रि-किक हान्ने मौका पायो । तर, बिमल घर्तिमगरको प्रहार बाहिरियो ।

१७ औँ मिनेटमा नेपालका सुजल श्रेष्ठको प्रहार माल्दिभ्सका गोलकिपर मोहमेद फैसलले सहजै नियन्त्रणमा लिए । त्यस्तै, २२ औँ मिनेटमा सुनिल बलले फ्रि-किकबाट हानेको बल गोलपोष्टमाथि बाहिरिएको थियो । 

नेपाल एक गोलले पछि परेको अवस्थामा खेल रोकिएको हो । यी दुई टिमबीचको खेल केहि बेरमा खेल पुनः शुरु हुनेछ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?