साफ च्याम्पियनसिप : माल्दिभ्सविरुद्धको पहिलो हाफको खेल सकियो, नेपाल १-० ले पछाडि

बंगलादेश । जारी साफ च्याम्पियनसिपको पहिलो हाफसम्म नेपाल माल्दिभ्स १-० गोल अन्तरले अगाडि रहेको छ । 

नेपाल र माल्दिभ्सबीचको पहिलो सेमिफाइनल खेल राजधानी ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा भइरहेको छ । खेल शुरु भएको ९ मिनेट पनि बित्न नपाउँदै नेपालले गोल खान पुग्यो ।

माल्दिभ्सका कप्तान इब्राहिम हसन वाहिदले फ्रि-किक सहि दिशा दिर्दै गोलपोष्टको चाली चुमाए ।  १२ औँ मिनेटमा नेपालले फ्रि-किक हान्ने मौका पायो । तर, बिमल घर्तिमगरको प्रहार बाहिरियो । १७ औँ मिनेटमा नेपालका सुजल श्रेष्ठको प्रहार माल्दिभ्सका गोलकिपर मोहमेद फैसलले सहजै नियन्त्रणमा लिए ।

त्यस्तै, २२ औँ मिनेटमा सुनिल बलले फ्रि-किकबाट हानेको बल गोलपोष्टमाथि बाहिरिएको थियो । २७ औँ मिनेटको खेल चलिरहदा ‘थण्डर स्ट्रोम’का कारण खेल स्थगित भएको थियो । वर्षा कम भएपछि पुनः खेल सञ्चालन गरिएको थियो । 

प्रतिस्पर्धात्मक खेलको ३७ औँ मिनेटमा  दिनेश राजवंशीको क्रसमा भरत खवास गोल गर्नबाट चुके । नेपालले समूह चरणमा भुटानलाई ४–० गोलले तथा बङ्गलादेशलाई  २–० गोल अन्तरले हराएको थियो भने पाकिस्तानसँग हार बेहोरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?