काठमाडौं । भारतिय क्रिकेट बोर्ड ‘बीसीसीआई’को आयोजनामा भएको यू-१९ एकदिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा नेपाल पराजित भएको हो ।
मंगलवार भएको पहिलो खेलमा नेपाली यू-१९ टिम भारतको ‘बी’ टिमसँग ४० रनले पराजित भएको हो । १ सय ६२ रनको लक्ष्य पछ्याएको नेपाल ४१ दशमलब ३ ओभरमा मात्र १सय २१ रनमा समेटिएको थियो ।
नेपालको लागि भिम शार्कीले ३०, कमल सिंह ऐरीले २२, कप्तान आसिफ शेखले १७ तथा पवन सराफले १३ रनको योगदान दिए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंक बनाउन सकेनन् ।
भारतका लागि शुभम हेड्जे र पंकज यादवले समान ३-३ विकेट लिन सफल भए ।
पहिले ब्याटिङ गरेको भारतको ‘बी’ टिमले ४९ ओभरमा सबै विकेट गुमाउँदै १ सय ६१ रनको योगफल तयार पारेको थियो । भारतका लागि ओपनर क्वामराम इकवालले सर्वाधिक ५० रन बनाएका थिए ।
नेपालको लागि कमल सिंह ऐरीले ३ र पवन सराफले २ विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया