काठमाडौं । साफ यु–२० च्याम्पियनसिपको उद्घाटन खेलमा अहिले नेपाल र माल्दिभ्स भिड्दै छन् । खेलको ४१ मिनेट सकिँदा नेपालले एक गोलको अग्रता बनाएको छ ।
नेपालका लागि दिपेश गुरुङले गोल गरेका हुन् ।
भुवनेश्वरको कालिंगा रंगशालामा भइरहेको खेलमा माल्दिभ्सलाई हराउँदै सुखद सुरुवात गर्ने लक्ष्यमा नेपाल मैदान उत्रेको छ ।
नेपाली टिमका प्रशिक्षक टोलीले बिगत दुई महिनाबाट तयारी गरेको र अपेक्षा समेत ठूलो रहेको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया