काठमाडौं । साउन महिनाको पहिलो साता वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा लगानी दुवै घटेको छ। नेपाल बैंकर्स एसोसिएसनको तथ्यांक अनुसार साउन ६ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप ६३ अर्ब रुपैयाँले घटेको हो।
गत असार ३२ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप ४५ खर्ब ४१ अर्ब रुपैयाँ रहेको निक्षेप साउन ६ गतेसम्ममा ४४ खर्ब ७८ अर्ब रुपैयाँमा झरेको छ।
त्यस्तै, यस अवधिमा कर्जा लगानी पनि १० अर्ब रुपैयाँले घटेको छ। साउन ६ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी घटेर ४१ खर्ब ६५ अर्ब रुपैयाँमा झरेको छ। गत असार ३२ गतेसम्म कुल कर्जा लगानी ४१ खर्ब ७५ अर्ब रुपैयाँ रहेको थियो।
साउन ६ गतेसम्म वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ८७.७५ प्रतिशत रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया