छक्कापञ्जा ४ को छायांकन शुरु

लोकपथ
175
Shares

काठमाडौं । नेपाली चलचित्र छक्कापञ्जा ४ को छायांकन शुरु भएको छ । सोमबार भक्तपुरको सूर्य विनायक मन्दिरमा पूजा गरेर फिल्मको छायांकन सुरु गरिएको हो ।

दीपकराज गिरी र दीपाश्री निरौलाले निर्माण गरेको चलचित्रलाई हेमराज बिसीले निर्देशन गर्नेछन् । आगामी कार्तिकमा फिल्म प्रदर्शन गर्ने टिमको योजना छ । सञ्चारकर्मीहरुसँगको कुराकानीमा कलाकार दीपकराज गिरीले फिल्म कलाकार जितु नेपालसँग आफ्नो कुनै दुश्मनी नरहेको बताए ।

उनले एकअर्काका फिल्ममा सबैले फूल लगेर दिने र सफलताको शुभकामना दिने गरेको बताए । उनले फिल्ममा शहरको कथावस्तु रहेको बताए । त्यस्तै कलाकार केदार घिमिरेले फिल्मको कथावस्तु लेख्न धेरै गाह्रो भएको बताए ।

त्यस्तै, कलाकार जितु नेपालले दीपकराज गिरीसँग कुनै झगडा नभइ समयसमयमा आफ्नो स्वभाव र कार्यव्यवस्तताका कारण काम गर्न नपाएको बताए।

फिल्ममा दीपकराज गिरी, बेनिशा हमाल, मलिना जोशी, निर्मल शर्मा, केदार घिमिरे, नीर शाह, दीपाश्री निरौला लगायतको अभिनय रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?