नेपालमा लगानी गर्न भियतनामीलार्इ चेम्बरको अाग्रह

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्शले नेपालमा लगानी गर्न भियतनामलाई आग्रह गरेको छ । 

चेम्बरको भवनमा बुधबार कार्यकाल सकिएर भियतनाम फर्कन लाग्नुभएका राजदूत टोन्ह सिन्ह थान्हलाई चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले निर्वाचन सफलतापूर्वक सम्पन्न भई स्थिर सरकार बनेसँगै नेपालमा लगानीको वातावरण बनेको उल्लेख गरे । उनले भने,“नेपालमा पर्यटन, कृषि, उद्योगलगायतका क्षेत्रमा लगानी बढाउन उपयुक्त छ।” 

अध्यक्ष शाक्यले फष्टाउँदो अर्थतन्त्रका रुपमा भियतनामले आर्थिक विकास तीव्ररूपले गरिरहेकाले नेपालको कृषि आधुनिकीकरणमा पनि उल्लेखनीय योगदान पु-याउन सक्नेमा जोड दिए । 

भियतनामका राजदूत थान्हले नेपालसँग सहकार्य गरी दुवै देशको आर्थिक सम्बन्ध विस्तारका लागि भियतनाम तयार रहेको बताए । उनले दुई देशबीच लगानी तथा पर्यटन प्रवद्र्धनका माध्यमबाट द्विपक्षीय सम्बन्धलाई बलियो बनाउन आफूले सक्दो पहल गर्ने उल्लेख गरे । राजदूत थान्ह आफ्नो चारवर्षे कार्यकाल सकेर स्वदेश फर्कन लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?