काठमाडौं । एथलेटिक्स परिवार नेपालको पहिलो साधारण सभा सोमबार सम्पन्न भएको छ ।
काठमाडौंमा सम्पन्न साधारण सभाबाट अध्यक्षमा राजन खत्री निर्विरोध निर्वाचित भएका छन् । यसैगरी, दीपककुमार रञ्जित वरिष्ठ उपाध्यक्ष, आशाराम गोठे, रमेश शाक्य र अनिरुद्रकुमार चौधरी उपाध्यक्ष चयन भएका हुन् ।
यसैगरी महिला सदस्यमा सपना आचार्य निर्विरोध भइन् । सुन्दरकेशर कार्की सचिवमा निर्विरोध भइन् । सरस्वती खड्का, अभिनारायण अधिकारी, संसारलाल वैद्य, रामकृष्ण महर्जन, देवी बस्नेत र प्रकाश राणा निर्विरोध निर्वाचित भए ।
आइतबार बसेको पहिलो बैठकले महासचिवमा मञ्जु श्रेष्ठलाई मनोनीत गरेको छ । महिला उपाध्यक्षमा राजकुमारी पाण्डे तथा कोषाध्यक्षमा सुषमा पाण्डे मनोनीत भए ।
यसैगरी दावा तामाङ, रमेश सुनार, सिद्धान्त अधिकारी सदस्यमा मनोनीत भए । यासीर माया चौधरी र सुनिताकुमारी योञ्जन लामा सदस्यमा मनोनीत भए ।
आजै बसेको पहिलो बैठकले सल्लाहकारमा रघुराज वन्त, खड्गबहादुर रानाभाट, धर्मेन्द्रराज शाक्य र शान्ति गुरुङ मनोनयन गरेको छ भने सुशिलनरसिहं राणा, सुनिल राजवंशी, मोहन नेपाल, सञ्जीव तुलाधर, ध्रुवविक्रम मल्ल र ऋषि भण्डारीलाई सल्लाहकारमा निरन्तरता दिएको छ भने कानुनी सल्लाहकारमा बाबुकृष्ण महर्जन र प्राविधिक प्रमुखमा मुख्य एथलेटिक्स प्रशिक्षक चन्द्रबहादुर गुरुङ रहेका छन् ।
साधारण सभाको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का बोर्ड तथा कार्यकारी सदस्य नन्दा बस्यालले गरिन् । यस्तै, कीर्तिमानी धावक वैकुण्ठ मानन्धर, जितबहादुर के।सी, सुशिलनरसिंह राणा, रघुराज वन्त, बुद्धवीर लामा, ध्रुवविक्रम मल्ल, ऋषि भण्डारी, चन्द्रबहादुर गुरुङ, बाबुकृष्ण महर्जन लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया