पोग्बालाई घुँडामा चोट

लोकपथ
133
Shares

काठमाडौं । यसै समरमा इटालीयन क्लब युभेन्टस अनुबन्ध भएका स्टार मिडफिल्डर पाउल पोग्बाले चोट बोकेका छन् ।

स्पेनिस महारथी बार्सिलोनाविरुद्ध प्री सिजन मैत्रीपूर्ण खेल अघि पोग्बाले घुडाको चोट बोकेका हुन् । बार्सिलोनाले डल्लासमा युभेन्टससँग खेल्ने तालिका छ । चोटसँगै पोग्बा टिम बाहिर छन् ।

२९ वर्षीय पोग्बा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडको सम्झौता सकिएसँगै युभेन्टसमा पुनः अनुबन्ध भएका हुन् ।

दायाँ घुडाको चोट बोकेका पोग्बाले अघिल्लो खेलमा मेक्सिकन क्लब चिभास गुअडालाजारासँग २-० को जित निकाल्ने क्रममा मैदानमा उपलब्ध भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?