कालिका पावरको १२ लाख कित्ता अार्इपीअो खुल्यो

काठमाडौं : निर्माण व्यवसायी एवं राप्रपा नेपालका नेता बिक्रम पाण्डेको कम्पनी कालिका पावरले अाज (बिहिबार)देखि १२ लाख कित्ता साधारण शेयर (आर्इपीओ) बिक्रि खुला गरेको छ ।

पूँजीबजार नियामक नेपाल धितोपत्र बोर्डले १ सय रूपैयाँ अंकित मूल्यमा १२ करोड रूपैयाँ बराबरको आर्इपीओ निष्काशन गर्न कालिकालार्इ अनूमति दिएको थियो। सोहीअनुसार कालिकाले छिटोमा असोज १ र ढिलोमा असोज २८ गतेसम्म म्याद तोकेर शेयर खरिद अावेदन खुला गरेको हो ।

कालीकाको शेयर किन्न र्इच्छुक लगानीकर्ताले ५० देखि ६ हजार कित्तासम्मका लागि खरिद अावेदन भर्न सक्नेछन् । मेरो शेयर, अास्वा अनुमति लिएका सबै बैंक तथा वित्तीय संस्था र शेयर बिक्री प्रबन्धकको कार्यालयबाट कालिकाको शेयर भर्न पार्इनेछ ।

कालिकाले काठमाडौं क्यापिटल मार्केट लिमिटेड र ग्लोबल आर्इएमर्इ क्यापिटललार्इ शेयर बिक्री प्रबन्धक नियुक्त गरेको छ । 

गोरखामा ६ मेगावाट उत्पादन क्षमताको (दरौँदी ए) आयोजना निर्माण गरेको कालिकाले यसअघि नै आयोजना प्रभावितका लागि ६ करोड रूपैयाँ बराबरको ६ लाख कित्ता आर्इपीओ निष्काशन गरिसकेको छ । 

कालिकाले निर्माण गरेको (दरौँदी ए) को लागत प्रतिमेगावाट ३२ करोड १२ लाख रूपैयाँ रहेको जानकारी दिएको छ । आर्इपीओ बेचेपछि प्राप्त हुने रकम आयोजना निर्माणमा संलग्न निर्माण कम्पनीलार्इ भुक्तानी दिन र अल्पकालिन कर्जा भुक्तानीमा प्रयोग गर्ने जनाएको छ । साथै, केही रकम दीर्घकालिन कर्जा भुक्तानीका लागि छुट्याउने भएको छ । 

कालिकाको आर्इपीओलार्इ र्इक्रा नेपालले ग्रेड फोर रेटिङ गरेको छ । यो रेटिङले कम्पनीको अवस्था औषतभन्दा कमजोर रहेको जनाउँछ । 

आर्इपीओ जारी गरेपछि यो कम्पनीको चुक्ता पूँजी ७८ करोड पुग्ने बिक्री प्रबन्धकले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?