फ्रान्सका गोलरक्षक लोरिसलाई लगाइयो २० महिनाको प्रतिबन्ध

फ्रान्स । फ्रान्सका गोलकिपर हुगो लोरिसलाई ‘ड्रिंक एण्ड ड्राइभ’ गरेको आरोपमा २० महिनाको प्रतिबन्ध लागेको छ । 

उनले अब २० महिनासम्म गाडी चलाउन नपाउने भएका हुन् । साथै उनलाई ५० हजार पाउण्ड पनि जरिवाना लगाएको छ । लोरिसलाई गत अगष्ट २४ तारिख विहान मादकपदार्थ धेरै सेवन गरेर गाडी चलाइरहेको अवस्थामा पुलिसले पक्राउ गरेको थियो ।

मेर्लिबोनमा समातिएका लोरिसलाई वेष्टमिनिस्टरको अदालतले २० महिनासम्म गाडी चलाउन प्रतिबन्ध लगाएको हो । 

उनले ४८ किलोमिटर प्रतिघण्टा गाडी कुदाउनुपर्ने सडकमा २४ किलोमिटर प्रतिघण्टाको गतिमा मात्र गाडी कुदाएको भेट्टाएपछि प्रहरीले पक्राउ गरेको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?