निर्मला पन्त हत्याको विरोधमा काङ्ग्रेसले गर्‍यो संसद बैठक अवरुद्ध

काठमाडौं । साउन ११ गते बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्याको विरोधमा प्रतिपक्षी दल नेपाली काङ्गेसले संसद बैठक अवरुद्ध गरेको छ ।

बिहीवार संसदमा बैठक शुरु भएलगत्तै नेपाली कांग्रेसका सांसदहरुले उठेर विरोध जनाएका थिए । काङ्ग्रेसका सांसद दिलेन्द्र बडूले निर्मला हत्या झनभन्दा झन् रहस्यमयी बन्दै गएको बताएका थिए ।

अनुसन्धानमा वास्तविकता ढाकछोप गर्न खोजेको र राज्यले अपराधको स्वरुप लिएको उनले बताए ।

यता निर्मलाका परिवार निर्मलालाई न्याय दिलाउन काठमाडौं आइपुगेका छन् । उनीहरुले घटनामा बम दिदीबहिनी र निलम्बित एसपी डिल्ली विष्टले घटनालाई लुकाउन खोजेको बताइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?