यस्तो बनेर आयो रजनीकान्तको ‘२.०’ का टिजर (भिडियो)

मुम्बई । दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि चिट्टीको भूमिकामा देखिँदैछन् । लामो समयको प्रतीक्षापछि यो फिल्मको टिजर सार्वजनिक गरिएको छ ।

फिल्मको टिजरमा अक्षय कुमार र रजनीकान्तलाई शक्तिशाली भूमिकामा देखाइएको छ ।

सन् २०१० मा रिलिज भएको फिल्म ‘रोबोट’ को सिक्वेल यो फिल्म भीएफएक्सका कारणले गर्दा लामो समय लागेको थियो ।

झण्डै १ मिनेट ३१ सेकेन्ड लामो टिजरमा मोबाइललाई भिलेनले चुम्बकीय शक्तिले आफूतिर खिच्न सक्छन् । उनले पूरै शहरमा आतंक फैलाउने देखाइएको छ ।

टिजर युट्युबमा रिलिज हुनासाथ भाइरल हुन थालेको छ भने भारतमा ट्रेन्डिङमा समेत आएको छ । फिल्ममा एमी ज्याक्सनको पनि अभिनय रहनेछ ।

फिल्मलाई शंकरले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?