साफ च्याम्पियनसिपको उपाधिका लागि भारत र माल्दिभ्स भिड्ने

बंगलादेश । जारी १२ औँ संस्करणको साफ च्याम्पियनसिपको उपाधिका लागि भारतले माल्दिभ्सको सामना गर्ने भएको छ । 

बुधबारराति भएको दोस्रो सेमिफाइनल खेलमा पाकिस्तानलाई ३-१ गोलले पराजित गर्दै भारतले अन्तिम दुईको स्थान तय गरेको हो । 

राजधानी ढाकास्थित बंगबन्धु नेशनल रंगशालामा भएको खेलमा भारतलाई जित दिलाउन मानविर सिंहले २ तथा सुमित पसाईले एक गोल गरेका थिए । पाकिस्तानका मोहमद अलीले एक गोल फर्काए ।

यता पहिलो सेमिफाइनल खेलमा माल्दिभ्सले नेपाललाई ३-० गोलले हराउँदै फाइनलमा पुगेको थियो । फाइनल खेल शनिवार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?