ओलावाले पूर्व क्लब मनाङमा फर्किए

काठमाडौं । नाइजेरियन फरवार्ड अफिज ओलावाले ओलाडिपो ‘ए’ डिभिजन क्लब मनाङ मस्याङदी क्लबमा आवद्ध भएका छन् । 

उनलाई मनाङ मस्याङदी क्लबले एक सिजनको लागि क्लबमा भित्र्याएका हुन्  

शहिद स्मारक ‘ए’ डिभिजन लिगलाई मध्यनजरमा राख्दै मनाङले आफ्ना पुर्व फरवार्ड ओलावालेलाई क्लबमा अनुबन्ध गरेको हो । उनको अनुबन्ध रकम भने खुलाइएको छैन । ‘ए’ डिभिजन लिग असोज दोस्रो साताबाशुरु हुँदैछ ।

२३ वर्षीय ओलावाले करिव दुई वर्षपछि पूर्व क्लब मनाङ मस्याङदीमा फर्किएका हुन् । उनी अहिले बंगलादेश प्रिमियर लिग क्लब रहमतगन्ज मुस्लिम फ्रेन्डस् सोसाइटीमा रहेका थिए । त्यसअघि उनी अवहनी लिमिटेड चितगोङमा आवद्ध थिए । 

अर्को ‘ए’ डिभिजन क्लब आरसिटी क्लबबाट नेपाली फुटबल खेल्न शुरु गरेका ओलावालेले त्यसपछि थ्री—स्टारबाट  व्यावसायिक क्लब फुटबल खेलेका थिए । सन् २०१६ मा मनाङ मस्याङदीमा रहेका ओलावालेले २४ खेलमा २० गोल गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?