शिक्षामन्त्री पौडेल र प्राध्यापक संघका पदाधिकारीबीच छलफल

लोकपथ
42
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्राध्यापक संघका पदाधिकारीसँग छलफल गरेका छन् । विश्वविद्यालयमा हुने तालाबन्दी, खुल्ला विश्वविद्यालयको डिन नियुक्तिमा भएको ढिलाईबारे शिक्षामन्त्री पौडेलले प्राध्यापक संघका पदाधिकारीबीच छलफल गरेका हुुन् ।

मंगलबार सिंहदरबारमा भएको छलफलमा विश्वविद्यालय सुधारका लागि प्राध्यापकहरुको भूमिका महत्वपूर्ण रहेको भन्दै विश्वविद्यालयमा तालाबन्दी नगर्न आग्रह गरे । ‘प्राध्यापकहरु विश्वविद्यालयका परिवार हुनुहुन्छ,’ मन्त्री पौडेलले भने, ‘समस्याहरु आइपर्छन्, समस्या आइहाले भन्दैमा तालाबन्दी गरेर बस्नु राम्रो होइन छलफल र बहसबाट टुंग्याउँ ।’

खुल्ला विश्वविद्यालयको डिन नियुक्तिमा ढिलाई भएको प्राध्यापक संघका पदाधिकारीहरुसग सुझाव माग गरे । ‘आस्थाका आधारमा भन्दा योग्य व्यक्ति नियुक्ति गर्नुपर्छ भन्नेमा छु,’ मन्त्री पौडेलले भने, ऐनले सहमति अथवा खुल्ला प्रतिस्पर्धाबाट भनेको छ, सहयोग गर्नुहोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?