काडमाडौं । विगत १२ वर्षदेखि डिटीएच सेवा दिँदै आएको डिस मिडिया नेटवर्कले आईपी टीभी सञ्चालनमा ल्याएको छ । प्रविधिमा आएको परिवर्तन र ग्राहकको चाहनालाई मध्यनजर गर्दै डिसहोम आईपी टीभी सञ्चालनमा ल्याएको हो ।
उक्त टीभी सेवा अन्य सेवा प्रदायकको भन्दा गुणस्तरीय र उत्कृष्ट हुने कम्पनीले जनाएको छ । पे टिभीमा आफ्नो सेवा प्रदान गर्दै आइरहेको डिस मिडिया नेटवर्कले व्यवसाय विस्तार क्रममा केवल टीभी, इन्टरनेट, आईपीटीभीमा सेवा विस्तार गरेको छ ।
डीटीएच र टेरिस्टोरियलभन्दा फरक प्रविधि इन्टरनेट प्रोटोकल वेस्ड आईपीटीभीमा सर्ट टीभी, रमाइलो टीभी, गुञ्जन, सिने हिट्स, जुनियर टिभी र नेपाली भाषामा लोकप्रिय कोरियन सिरिजजस्ता २ सय बढी टीभी च्यानल, ५ हजार घण्टा कन्टेन्ट, भिडियो वन डिमान्ड, युट्युब र टिकटकलगायतका एप तथा फिचर्सहरु उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
इन्टरनेट सेवालाई दु्रत गतिमा विस्तार गरिरहेको अवस्थामा कम्पनीले सो सुविधा सञ्चालनमा ल्याएको हो ।
प्रभु टिभिलाई प्राप्ति /एक्वाएर गरेर ग्राहकहरुलाई केही नयाँ सेवा दिने उद्देश्यका साथ आइटी टिभी सुरु गरेको डिसहोम नेटवर्कका प्रबन्ध निर्देशक सुदिप आचार्यले बताए ।
त्यस्तै, डिसहोमका अध्यक्ष हेमराज ढकालले विश्वकै नविनतम टेक्नोलोजी प्रयोग गरेर आई टिभीको सुरुवात गरेको बताए । व्यवसायी नाफा कमाउनेभन्दा पनि नेपालमा सूचना क्रान्तिका लागि अगाडी बढिरहेको अध्यक्ष ढकालले बताए ।
नेपालको एक मात्र म्त्ज् सेवा प्रदायक डिश मिडिया नेटवर्क विगत १२ बर्ष देखि पे टिभी इन्डस्ट्रीमा आफ्नो वेग्लै पहिचान वनाउन सफल रहेको छ । २०६७ सालमा होमटिभीको नाममा आफ्नो सेवा प्रारम्भ गरेकोमा पछि डिश नेपालसंग मर्जर गरि डिशहोम नाममा आफ्नो सेवा लाई संचालनमा ल्याएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया