विद्युत् चोरी गर्ने ३ सय २ जनालाई कारवाही

चितवन। नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले विद्युत् चोरी गर्नेलाई कारवाही गरेको छ । 

प्राधिकरण भरतले विद्युत् चोरी गर्ने ३ सय २ जनालाई कारवाही गरेको हो ।  विद्युत् चोरी नियन्त्रण अभियानका क्रममा केन्द्रले गत आर्थिक वर्षमा हुकिङ गर्ने, मिटर बन्द गर्ने, मिटरमा लगाइएको सिल तोड्ने कार्य गरेका ३ सय २ जनालाई कारवाही गरेको हो। 

कारवाहीमा परेका व्यक्तिबाट प्राधिरण भरतपुरले २८ लाख २० हजार राजश्व सङ्कलन गरेको बताइएको छ। 

विद्युत् चुहावट नियन्त्रणका लागि कार्यालयले बेला-बेलामा छड्के अनुगमन गर्ने गरेको  कार्यालयका प्रमुख सुरेशकुमार महतोले जानकारी दिए ।  अघिल्लो आर्थिक वषको तुलनामा गत आवमा विद्युत् चुहावटमा एक दशमलब १८ प्रतिशतले कमी आएको पनि उनले बताए । 

प्राधिकरणको तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्षमा १२ दशमलब ३९ प्रतिशत विद्युत् चुहावट भएकोमा गत आवमा ११ दशमलब २१ प्रतिशत विद्युत् चुहावट भएको थियो। 

कार्यालयले सोही अवधिमा समयमै महशुल नबुझाएका एक हजार १सय ८३ जना सेवाग्राहीको लाइन पनि काटेको छ। त्यस्तै काटिएका लाइनमध्ये एक हजार १सय जनाको पुनः जडान गरिएको कार्यालयका प्रमुख महतोले जानकारी दिए ।

पुनः जडान गर्ने सेवाग्राहीबाट दुई करोड आठ लाख २९ हजार जरिवाना रकम सङ्कलन गरेको छ। 

यस केन्द्रले भरतपुर महानगरपालिका, माडी नगरपालिका, इच्छाकामना गाउँपालिका र देवघाट गाउँपालिकाका केही क्षेत्रमा विद्युत् आपूर्ति गर्दै आएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?