एक अर्ब २० करोड रुपैयाँ संस्थागत निक्षेप लगानी गर्दै राष्ट्र बैंक

लोकपथ
70
Shares

काठमाडौं । नेपाल राष्ट्र बैकले बैंक तथा फाइनान्स कम्पनीहरुमा एक अर्ब २० करोड रुपैयाँ संस्थागत निक्षेप लगानी गर्ने भएको छ । उपदान तथा पेन्सन कोषमा रहेको रकम तीन सय ६७ दिने मुद्दती निक्षेपको रुपमा २०७९ भदौ दुई गतेदेखि २०८० भदौ दुई गतेसम्मको लागि राख्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंकका अनुसार यसरी मुद्दती निक्षेपको रुपमा राखिने कुल रकम मध्येमा वाणिज्य बैकहरुको लागि ९६ करोड, विकास बैंकहरुको लागि १८ करोड र फाईनान्स कम्पनीहरुको लागि छ करोड रुपैयाँ छुट्याइएको छ ।

रकम लगानी गर्न चाहाने इच्छुक तथा फाइनान्स कम्पनीहरुले यही साउन १२ गतेसम्म नेपाल राष्ट्र बैंकमा आफूले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको व्याज समेत उल्लेख गरेर आवेदन दिनुपर्ने राष्ट्र बैंकको भनाइ छ ।

रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाइनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्ने लगायतका न्युनतम शर्तहरु तोकिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?