बिहीवारदेखि कालिका पावरको आइपिओ बिक्री खुला

काठमाडौं । कालिका पावरले सर्वसाधारणको लागि निष्काशन गरेको प्राथमिक शेयर बिहीवारदेखि बिक्री खुला गरिएको छ । 

कालिका पावरले प्रतिशेयर एक सय रुपैयाँको दरमा ११ लाख १६ हजार कित्ता सर्वसाधारणको लागि बिक्री खुला गरिएको हो । यहि असोज १ गतेसम्म र पहिलो चरणमा नबिकेमा असोज २८ गतेसम्म बिक्री खुला गरिने बताइएको छ । 

कम्पनीले सर्वसाधारण समूहतर्फ १२ लाख कित्ता छ्ट्टाएको छ भने २४ हजार कित्ता कर्मचारीको लागि र ६० हजार कित्ता सामुहिक लगानी कोषहरुलार्इ बाँडफाँड गरिसकेको छ। 

सर्वसाधारण लगानीकर्ताले न्युनतम ५० कित्ता र अधिकतम ६ हजार कित्तासम्मको लागि आवेदन दिन पाउने धितोपत्र निष्काशन तथा बिक्रि प्रवन्धक काठमाडौं क्यापिटल मार्केटले जनाएको छ। 

आवेदनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका सम्पुर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट पाइनेछ।

कम्पनीको प्रति मेगावाट लागत २३ करोड ५० लाख रुपैयाँ रहेको छ भने कुल लागत एक अर्ब ३८ करोड रुपैयाँ रहेको छ। कम्पनीले अबको २९ वर्षसम्म विद्युत उत्पादन गर्न सक्नेछ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?