मुक्ति विकास बैंकले १८ प्रतिशत बोनस शेयर वितरण गर्ने

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो शेयरधनीहरुलाई १८.२५ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । 

बैंकले हाल कायम रहेको चुक्ता पूँजी दुई अर्ब ५९ करोड १७ लाख ६३ हजार ३१७ रुपैयाँको १८.२५ प्रतिशत बोनस तथा बोनसमा लाग्ने ०.९६ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।

बोनस पश्चात बैंकको चुक्ता पूँजी ३ अर्ब ६ करोड ४७ लाख ६० हजार १२३ रुपैयाँ हुनेछ ।

बैंक सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकवाट स्वीकृत भएपश्चात बैंकको साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गर्नेछ । 

बैंकले बोनस वापत ४७ करोड २९ लाख ९६ हजार ८ सय ६ रुपैयाँ तथा बोनसमा लाग्ने कर प्रयोजनका लागि दुई करोड ४८ लाख ९४ हजार ५ सय ६९ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । यो सँगै बैंकले कूल ४९ करोड ७८ लाख ९१ हजार ३ सय ७५ रुपैयाँ लाभांशमा खर्च गर्नेछ ।

बैंकले अघिल्लो वर्ष २० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?