१ आम निर्वाचनको मिति तय नभएपनि निर्वाचन आयोगले थाल्यो आन्तरिक तयारी, आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि करिव ८ करोड मतपत्र छाप्नुपर्ने ।
२ अर्थ मन्त्रालयको जेठ १४ गतेको सीसीटीभी फुटेज ‘रिकभर’, ५० भन्दा बढी क्लिप रिकभर भएको छानबिन समितिको भनाइ, सीसीटीभीको फुटेजमाथि फोरेन्सिक विज्ञले अध्ययन गर्ने ।
३ वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा ५ अर्ब ४ करोडभन्दा बढी खर्च, स्थानीय तह निर्वाचन–२०७९ खर्चका हिसाबले विगतका निर्वाचनभन्दा मितव्ययी भएको निर्वाचन आयोगको दाबी ।
४ सरकारले भदौ १ गतेबाट ४० माइक्रोनभन्दा कम भएको प्लाष्टिक झोला प्रयोगमा प्रतिबन्धमा लगाउने, प्लाष्टिकको झोला बन्देज गर्ने निर्णयलाई व्यावहारिक रुपमा कार्यन्वयन गर्न वन तथा वातावरण मन्त्री प्रदीप यादवको निर्देशन ।
५ कालो धनलाई सेतो बनाउन नपाएपछि सरकारले गभर्नरमाथि आक्रमण गरेको नेकपा एमालेका महासचिव शंकर पोखरेको आरोप, एमालेको एउटा विभागको नामलाई लिएर गभर्नरमाथिको आक्रमण जायज नभएको टिप्पणी ।
६ पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु, सक्रिय संक्रमितको संख्या ३ हजार ७१४ पुग्यो ।
७ नेपालको विश्वविद्यालयको शिक्षा व्यवस्थापन गर्न जरुरी रहेको नेपाली कांग्रेसका महामन्त्री गगन थापाको भनाइ, सरकार सुल्टो बाटो नभइ विश्वविद्यालय व्यवस्थापन गर्न उल्टो बाटो हिडेको तर्क ।
८ राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा स्पेन, डेनमार्क र रुस महासंघमा राजदूत नियुक्त, शर्मिला पराजुली (ढकाल) स्पेन, मिलनराज तुलाधार रुस महासंघ र प्रा. डा. रामस्वार्थ राय डेनमार्क र डा शंकरप्रसाद शर्मा भुटानको गैरआवासीय राजदूतमा नियुक्त ।
९ हालसम्म काठमाडौं उपत्यकामा ३४ जनामा हैजा संक्रमण पुष्टी, प्रमुख प्रतिपक्षी दल एमालेद्वारा मंकीपक्स, हैजा र कोभिडबारे जानकारी गराउन सरकारको ध्यानाकर्षण ।
१० झापाको कचनकवलमा भएको किशोरीहरुको सामूहिक आत्महत्या प्रकरणबारे कारण खोज्दै प्रहरी, अप्ठेरो ठाउँमा शव भेटिएकोले घटना शंकास्पद रहेको ठहर ।
११ पछिल्लो दुई दिनमा ११५ अंकले बढेको सेयर बजारमा मंगलबार गिरावट, आज नेप्से कारोबार ४५ अंकले घट्दा ३ अर्ब ७० करोड रुपैंयाको कारोबार ।
१२ भारतको गुजरातमा घरेलु मदिरा सेवनबाट २४ जनाको मृत्यु, ४० भन्दा बढी बिरामी, रक्सी बनाउने र बेच्ने ५ जना प्रहरी नियन्त्रणमा ।
१३ भातीय कंग्रेसका नेता राहुल गान्धी प्रहरी हिरासतमा, सम्पत्ति शुद्धीकरण मुद्दामा कंग्रेस अध्यक्ष तथा आमा सोनिया गान्धीलाई प्रवर्तन निर्देशनालयले सोधपुछ गरेपछि त्यसको विरोध गर्ने क्रममा प्रहरीद्वारा पक्राउ ।
१४ नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रुबिना क्षेत्री र सीता राना मगरको आईसीसी महिला टी–ट्वान्टी वरीयतामा सुधार, ब्याटिङ वरीयतामा सीता ६४ र रुबिना ८४ औं स्थानमा उक्लिइन् ।
१५ प्रशिक्षक उर्जन श्रेष्ठ नेपाली यू–१७ राष्ट्रिय पुरुष फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त, श्रीलंकामा आयोजना हुने साफ यू–१७ आगामी सेप्टेम्बर ५ बाट सुरु हुने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया