काठमाडौं । पहिलो खेलमा माल्दिभ्सविरुद्ध सानदार जित निकालेको नेपाल साफ यु-२० च्याम्पियनसिपको दोस्रो खेलमा श्रीलंकाविरुद्ध मैदान उत्रदै गर्दा लगातार दोस्रो जितको खोजीमा हुनेछ ।
भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा खेल नेपाली समय अनुसार साझ सवा ७ बजे सुरु हुनेछ ।
प्रतियोगिताको उद्घाटन खेलमा माल्दिभ्सलाई ४९० अन्तरले हराउदै नेपालले महत्त्वपूर्ण तीन अंक जोडेको छ । पेपरमा कमजोर मानिएको श्रीलंकालाई पराजित गर्दै नेपाल लगातार ६ अंक जोड्न चाहन्छ ।
पहिलो खेलमा दिपेश गुरुङ, सुगम सुवाल, कृतिश रत्न छुन्जु र मनग्य नकर्मीको गोलमा प्रशिक्षक मेघराज केसीको नेपालले बल पोजिसन सहित उत्कृष्ट फिनिसिङ गरेको थियो ।
दोस्रो खेलमा समेत केसीले उहीँ प्लेइङ सेटलाई मौका दिने सम्भावना रहेको छ । केसी आयुष घलानको कप्तानीमा उहीँ सेटबाट सोही प्रदर्शन निरन्तरता दिन चाहन्छन् ।
श्रीलंका भने नेपाललाई हराउँदै पहिलो जित निकाल्ने दाउमा छ । पहिलो खेलमा श्रीलंका बंगलादेशसंग १-० अन्तरले पराजित भएको थियो ।
यसअघि १९ र १८ वर्षको उमेर समुहमा हुँदै आएको यस प्रतियोगिता यस पटक २० वर्ष मुनिको उमेर समुहमा हुन लागेको हो ।
यसअघि नेपालले सुरुवाती दुई संंस्करण जित्दा पछिल्लो संस्करण भारतले जितेको थियो ।
प्रतियोगितामा नेपालले भारतसँग जुलाई ३१ र बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ । आयोजक भारत, नेपाल, माल्दिभ्स, बंगलादेश र श्रीलंका सम्मिलित प्रतियोगिताको शीर्ष दुई टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
यु-२० टिम :
गोलकिपर : ईश्वर गुरुङ, उनेस चौधरी, जियारत शेख
रक्षक : अमर श्रेष्ठ, सोनित दाहाल, आयुश श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइबा
मिडफिल्डर : आयुश घलान ९कप्तान०,दिपेश गुरुङ, आशिष राई, सन्दिप श्रेष्ठ, जनमजय धामी, मोहित गुरुङ, कृतिस रत्न छुन्जु, सुगम सुवाल, जनग्या नकर्मी,
स्ट्राइकर : रोहित सुब्बा निरञ्जन मल्ल, रोहन खड्गी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया