‘इन्टु मिन्टु लण्डनमा’ ले २ पोस्टर सार्वजनिक गर्‍यो

काठमाडौं । असोज ५ गतेबाट प्रदर्शन हुन लागेको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ का दुई पोस्टर सार्वजनिक गरेको छ । सार्वजनिक दुई पोस्टरमध्ये एक पोस्टरमा साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरज मगरलाई देखाइएको छ भने अर्को पोस्टरमा फिल्मका मुख्य कलाकारलाई प्रस्तुत गरिएको छ ।

म्युजिकल लभस्टोरी यो फिल्मको छायांकन लण्डनका विभिन्न स्थानमा गरिएको छ । रिलिजअघि राम्रो हाइप बनाएको फिल्मलाई रेनाशा बान्तवा राईले निर्देशन गरेकी हुन् । यो फिल्म उनको डेब्यु निर्देशन हो ।

यस्तै यही फिल्ममार्फत धिरज मगरले पनि डेब्यु गरेका छन् । यस्तै चलचित्रमा सारुक ताम्राकार, विजय लामा, अर्जुन श्रेष्ठ, दिलभुषण पाठक, सुनिता ठाकुर श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् ।

चलचित्रको कथा निर्देशक बान्तवा र प्रज्वल शमशेर राणाले लेखेका हुन् । यस्तै फिल्ममा अभय कर्माचार्य र निर्देशक बान्तवाका संवाद छन् ।

कृष्ण भण्डारीले सम्पादन गरेको फिल्मलाई शैलेन्द्रध्वज कार्कीले छायांकन गरेका हुन् भने चलचित्रलाई प्रभु राना र प्रज्वल रानाले निर्माण गरेका हुन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?