काठमाडौं । मंगलबार घटेको सेयर बजार बुधबार फेरि उकालो लागेको छ । यस दिन नेप्से सूचक २३.८३ अंकले बढेर २१११.९९ विन्दुमा उक्लिएको छ ।
त्यस्तै ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ४.५३ अंकले बढेर ४०२.९२ बिन्दुमा पुगेको छ ।
कारोबार अवधिभर २२७ कम्पनीको ७५ लाख ८ हजारभन्दा बढी कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब १६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आज व्यापार बाहेक बाँकी सबै समूहका सूचकमा वृद्धि भएको छ । आज ३ कम्पनीमा सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
शिवम् सिमेन्ट्सको सर्वाधिक १७ करोड ९४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः अरुण काबेली हाइड्रोपावर र गोर्खाज फाइनान्स परेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया