सुपमा मरेको मुसो फेला परेपछि रेस्टरन्टले गुमायो १९ करोड अमेरिकी डलर

एजेन्सी : चीनको एक प्रसिद्ध रेस्टरन्टमा एक गर्भवती महिलालाई दिइएको सुपमा मरेको मुसो फेला परेपछि त्यो कम्पनीको शेयर ह्वातै घट्दा उसलाई १९ करोड अमेरिकी डलर बराबरको घाटा भएको छ ।

चपस्टिकको मदतले सुपबाट मरेको मुसोको तस्विर अनलाइनमा भाइरल भयो । 

त्यसपछि शिआबू शिआबू नामक हटपट रेस्टरन्टको शेयर एक वर्षयताको सबैभन्दा तल्लो स्तरमा घटेर गयो ।

महिलाका पतिले क्षतिपूर्तिको रकम निर्धारण हुन अघि पत्नीको सम्पूर्ण शरीरको जाँच हुनुपर्ने माग गरेका छन् ।

गर्भवती महिला ६ सेप्टेम्बरका दिन आफ्नो परिवारका सदस्यको साथ रेस्टरन्टमा खाना खान गएका बेला उनको सुपमा मरेको मुसा फेला परेको थियो ।

११ सेप्टेम्बरको कम्पनीको शेयर गत वर्षको अक्टोबर यता सबैभन्दा कम स्तरमा पुगेको हो ।

बुधबारदेखि फेरि रेस्टरन्टको बजार मूल्यमा विस्तारै गति बढिरहेको छ ।

स्थानीय प्रशासनले यो घटनाको जाँच गराउने जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?