दुनियाँका सबैभन्दा धनीले घरवार विहीनका लागि २ अर्ब डलर दिए

एजेन्सी: दुनियाँका सबैभन्दा भनी अमेरिकाको प्रविधि कम्पनी अमजेनका प्रमुख जेफ बिजोसले घरवार विहीनहरूलाई सहयोग गर्न २ अर्ब अहमेरिकी डलर बराबरको दान दिएका छन् ।

उनको यो दानबाट घरवार विहीनका लागि घर र स्कूलको नयाँ नेटवर्क निर्माण गरिने भएको छ ।

बिजोसले ट्विटरमा यो दानलाई डे वन फन्ड नाम दिएका छन् ।

बिजोसको सम्पत्ति १६४ अर्ब अमेरिकी डलर बराबरको छ ।

विश्वकै धनी भएपनि उनले कल्याणकारी काममा सहयोग नगरेको भनी उनको आलोचना बढदै गएको थियो ।

अमेरिकी सिनेटर बर्नी स्यान्डर्सले अमेजनको काम गराइका बारेमा आलोचना गरेका थिए ।

यो रकम डे वन फ्यामिलिज फन्ड र डे वन एकेडमी फन्ड दुई ठाउँमा बाँडिनेछ ।

डे वन फ्यामिलिज फन्डको खर्च वार्षिकरूपमा  भोका नांगाका लागि घरवार उपलब्ध गराउने संघ संस्थालाई पुरस्कार दिन खर्च गरिनेछ ।

यस्ता गरिब परिवारलाई सहयोग तत्काल उपलब्ध गराइने बिजोसको ट्विटमा छ ।

डे वन एकेडमी फन्डको रूपमा कम आय र गरिब परिवारका बालबालिकाहरूका लागि  शिक्षा उपलब्ध गराउन स्कूलको विकासमा खर्च गरिनेछ ।

सन् १९९४मा व्यापार शुरू गरेका बिजोसको कम्पनी अहिले १ ट्रिलियन अमेरिकी डलर भन्दा बढीको कम्पनी भएको छ ।

यस अघि विश्वका धनी बनेका माइक्रोसफ्टका संस्थापक बिल गेट्सले १० अर्ब भन्दा बढी अमेरिकी डलर बराबरको रकम दान दिइसकेका छन् ।

यसैगरी फेसबुकका संस्थापक मार्क जुकरबर्गले आफ्नो शेयरको ९९ प्रतिशत दान दिने प्रतिबद्धता व्यक्त गरेकाछन् ।

गेट्स र वारेन बफेटले दुनियाका धनीहरूलाई आफ्नो सम्पत्तिको आधा कल्याणकारी काममा लगाउन आग्रह गरेकाछन् ।

बिजोसको २ अर्ब अमेरिकी डलर बराबरको दानलाई थोरै भएको टिप्पणी गरिएको छ ।

बिजोसको स्वामित्वमा अन्तरिक्ष रकेट परियोजना ब्लु ओरिजन, वासिंटन पोस्ट र प्रिन्स्टन युनिभर्सिटीलगायतका कम्पनीहरू रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?