काठमाडौं । नेपाल बैंक लिमिटेड र एनसेल एक्जियाटाबीच नेपाल बैंकका मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुलाई डाटा शुल्क नलाग्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । नेपाल बैंक लिमिटेड प्रधान कार्यालय काठमाडौंमा मंगलबार आयोजित एक समारोहमा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र एनसेल एक्सीयाटाका प्रमुख कार्यकारी अधिकृत एण्डि चोङ्गले उक्त सम्झौतामा हस्ताक्षर गरेका थिए ।
यो सम्झौता अनुसार नेपाल बैंकमा खाता भएका ग्राहकहलाई एनसेलको सिम प्रयोग गरि नेपाल बैंकको मोबाइल बैंकिङ एप प्रयोग गर्दा डाटा निःशुल्क उपलब्ध हुनेछ ।
नेपाल बैंकले नेपाल टेलिकमको सिम प्रयोग गर्ने ग्राहकहरुलाई यस अघि नै यो सुविधा प्रदान गरिसकेको छ । अबदेखि नेपाल टेलिकम र एनसेल दुबैको नेटवर्कमार्फत नेपाल बैंकका ग्राहकहरुले यस बैंकको मोबाइल बैंकिङ एप प्रयोग गर्दा कुनै डाटा शुल्क लाग्ने छैन । डिजिटल बैकिङलाई प्रबद्र्धन गरी ग्राहकहरुलाई नगदरहित कारोबारमा अभ्यस्त बनाउने उद्देश्यले यस्तो योजना ल्याएको बैंकले जनाएको छ ।
कार्यक्रममा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले एनसेलसँग सहकार्य गरी नेपाल बैंकका ग्राहकलाई यस बैंकको मोवाइल बैकिङ्ग एप प्रयोग गर्दा डाटा शुल्क नलाग्ने व्यवस्था भएकोमा खुशि व्यक्त गरे । आगामी दिनहरुमा एनसेलसँगको सम्बन्ध थप मजबुत हुने विश्वास पनि उनले व्यक्त गरे ।
त्यसैगरी एनसेलका प्रबन्धक निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत एण्डि चोङ्गले नेपालको पहिलो बैंकसँग व्यवसायीक साझेदारी गर्न पाउदा आफू निकै हर्षित भएको बिचार व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया