काठमाडौं । जारी साफ यु–२० पुरुष फुटबल च्याम्पियनसिपअन्तर्गत नेपालले दाेस्राे खेल पनि जितेकाे छ ।
आफ्नो दोस्रो खेलमा नेपालले आज (बुधवार) श्रीलंकासँग प्रतिष्पर्धा गरेकाे थियाे । नेपालले श्रीलंकालाई ३-० गाेल अन्तरले पराजित गरेकाे हाे ।
पहिलो खेलमा सुखद् शुरुवात गरेको नेपालले दोस्रो खेलमा पनि त्यसलाई निरन्तरता दिएकाे छ ।
यसअघि सोमबार भएको उद्घाटन खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोल अन्तरले हराएको थियो ।
श्रीलंकाकाे भने याे लगातार दाेस्राे हार हाे । पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई १–० गोल अन्तरले हराएको थियो ।
च्याम्पियनसिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता छ । नेपाल अर्काे खेल भारतसँग आगामी आईतबार खेल्नेछ । त्यस्तै अन्तिम खेल बंगलादेशसँग आगामी मंगलवार खेल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया