निर्मला पन्त प्रकरणबारे गृहमन्त्रीले भने – छानबिन जारी छ

काठमाडौं । कञ्चनपुरमा बलात्कारपछि हत्या भएकी बालिका निर्मला पन्तको विषयमा छानबिन भएको गृहमन्त्री रामबहादुर थापाले बताएका छन् ।

आज (शुक्रवार) राष्ट्रिय सदनमा उठेका प्रश्नको जवाफ दिँदै उनले उच्चस्तरीय टोलीले छानबिन गरिरहेको बताए । साथै उनले मानसिक सन्तुलन ठीक नभएका दिलिपसिंह विष्टलाई दोषी नदेखेपछि रिहा गरेको बताए ।

निर्मलाको गत साउन १० गते बलात्कारपछि हत्या भएको थियो । निर्मलाका बाबुआमा न्याय खोज्दै काठमाडौं आइपुगेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?