काठमाडौं । नेपालका पूर्व खेलाडी राजुकाजी शाक्यले शहिद स्मारक ‘ए’ डिभिजन लिगको नवप्रवेशी क्लब ललितपुरको च्यासल युवा क्लब सम्हाल्ने भएका छन् ।
पाँच वर्षपछि पुनः सञ्चानल हुन लागेको ‘ए’ डिभिजन लिगका लागि च्यासल क्लबले शाक्यलाई मुख्य प्रशिक्षकमा अनुबन्ध गरेका हुन् ।
उनको अनुबन्ध असोज महिनाबाट लागु हुने बताइएको छ । प्रशिक्षक शाक्यले सिनियर राष्ट्रिय टोली, मनाङ–मस्र्याङ्दी क्लब र एनआरटी क्लबलाई प्रशिक्षण दिइसकेका छन् ।
च्यासलको मुख्य प्रशिक्षकमा नियुक्त भएपछि प्रशिक्षक शाक्यले आफ्नो अनुबन्ध लिग अवधि भर मात्र भएको बताए ।
च्यासल क्लब ‘ए’ डिभिजन लिगमा नयाँ क्लब हो । प्रशिक्षक शाक्यले विदेशी खेलाडी अनुबन्धको लागि प्रयास भैरहेको पनि जानकारी दिए । क्लबले भापा–११ का अधिकांश खेलाडीलाई क्लबमा अनुबन्ध गरेको छ ।
राष्ट्रिय टिमका सदस्यसमेत रहेका डिफेन्डर देवेन्द्र तामाङ, हेमन्त थापामगर, दिनेश थापामगर र योगेश गुरुङलाई क्लबमा अनुबन्ध गरिसकेको छ । विश्व अधिकारी, अमिर श्रेष्ठ, यु–१९ का छिरिङ गुरुङ र गौरव बुढाथोकीलाई पनि क्लबमा अनुबन्ध गरिसकेको छ ।
‘ए’ डिभिजन लिग यही असोज १३ गतेबाट शुरु हुदैछ । लिगमा १४ ‘ए’ डिभिजन क्लबले प्रतिस्पर्धा गर्दैछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया