यू–१९ क्रिकेट च्याम्पियनसिपमा नेपालको दोस्रो हार, भारतको ‘ए’ टिम ८ विकेटले विजयी

भारत । यू–१९ क्रिकेट च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ ।

भारत र अफगानिस्तान सम्मिलित यू–१९ क्रिकेटमा शुक्रवार भएको खेलमा  नेपाल भारतको ए टिमसँग ८ विकेटले पराजित भएको हो ।   टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४५ दशमलब ५ ओभरमा मात्र १ सय ५६ रनको योगफल तयार पारेको थियो ।

नेपालका लागि सन्दिप जोराले ६६ रन, भिम शार्कीले २८ तथा त्रितराज दाशले ४६ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले खासै उल्लेख्य प्रर्दशन गर्न सकेनन् । जवाफी मैदानमा ब्याटिङ गरेको भारतले २४ दशमलब १ ओभरमा मात्र २ विकेट गुमाउँदै निर्धारित लक्ष्य पुरा गर्‍यो ।  

भारतका लागि अनुज रावतले ४७ रन, वाईभी राथोडले अविजीत ५९ र प्रभासिमरन सिंहले अविजीत ४६ रनको योगदान दिए । बलिङ तर्फ नेपालका पवन सराफ र कमलसिंह ऐरीले समान एक-एक विकेट लिन सफल भए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?