प्रदीप खड्काका कारण चलेको हो त रोज?

काठमाडौं । शुरुमै फिल्म ‘रोज’ चलेको भन्दा धेरैलाई कन्फ्युज हुनसक्छ । किनकि फिल्म खासै चलेको होइन भन्ने सबैलाई थाहा छ । भलै फिल्मले विकेन्डमा पनि खासै चित्तबुझ्दो व्यापार गर्न सकेन ।

अहिले के भन्न थालिएको छ भने निरक पौडेल निर्देशित यो फिल्मले जे जति व्यापार ग–यो, त्यसको एकमात्र कारण प्रदीप खड्काको क्रेज नै हो । यताउता गर्दा फिल्मले लगानी उठाउने सम्भावना त छ ।

तर फिल्मले जुन किसिमको आशा गरेको थियो, त्यो आशालाई पूरा गर्न सकेन ।

प्रदीप खड्काका फ्यानले भने फिल्म ‘रोज’ को खुलेरै तारिफ गरे । समीक्षात्मक रुपमा फिल्मलाई राम्रो भन्ने प्रतिक्रिया आएन । तर प्रदीपको अभिनय र नायिका मिरुना मगरको अभिनयलाई भने दर्शकले राम्रै तारिफ गरे ।

औसत प्रतिक्रिया पाएको यो फिल्म प्रदीपकै कारणले चल्यो या चलेन, त्यो एउटा पक्ष रह्यो तर प्रदीपका लागि यो फिल्म गलत छनोट थियो भन्ने चाहिँ फिल्मको मेकिङले नै देखाइदिएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?