काठमाडौं । साताको पाँचौँ कारोबार दिन बिहीबार पनि सेयर बजारमा सकारात्मक माहोल देखिएको छ । आज पनि सेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको हो ।
बिहीबार सेयर बजार मापक नेप्से परिसूचक १५.४४ अंकले बढेर २१२७.४२ बिन्दुमा उक्लिएको छ । ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि २.७० अंकले बढेर ४०५.६२ बिन्दुमा पुगेको छ ।
आज कारोबार रकममा समेत भारी वृद्धि देखिएको छ । यस दिन झन्डै ५ अर्बको कारोबार भएको छ ।
कारोबार अवधिभर २२१ कम्पनीको एक करोड १९ लाख ५५ अर्ब ०७६ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ९७ करोड ६४ लाख ३३ हजार १०५ रुपैयाँको कारोबार भएको छ ।
कुल १३ उपसमूहमध्ये १० वटा सूचकमा हरियाली छाएको छ भने बाँकी ३ सूचक नकारात्मक भनेको छ । निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन र अन्य समूहको सेयर मूल्य बिहीबार घटेको छ । आज फाइनान्स समूहका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।
आज विन्ध्यवासिनी हाइड्रोपावर र राष्ट्र उत्थान लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
त्यसैगरी, एक्सेल डेभलपमेन्ट बैंक, हिमालयन पावर पार्टनर, समृद्धि फाइनान्स लगायत १२५ कम्पनीको सेयर मूल्य बढेको छ ।
राधी विद्युत कम्पनी, बलेफी हाइड्रोपावर, ग्रीन भेन्चर्स लिमिटेड लगायत ४६ कम्पनीको सेयर मूल्य बिहीबार घटेको छ ।
यस दिन अरुण कावेली पावरको सर्वाधिक १७ करोड ९६ लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया