प्रभु इन्स्योरेन्सको लिलामी शेयर बाँडफाँड

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको लिलामी शेयर शुक्रबार बाँडफाँड भएको छ । 

प्रभु इन्स्योरेन्सले भदौ १७ देखि २४ गतेसम्म १५ हजार ८ सय ६१.७६ कित्ता संस्थापक शेयर र एक लाख २१ हजार १ सय ५४.८७ कित्ता साधारण शेयर लिलामीमा ल्याएको थियो । 

बिक्री प्रबन्धक प्रभु क्यापिटलमा खोलिएको बोलपत्रमा साधारण शेयरको कटअफ मूल्य ४ सय ५१ रुपैयाँ र संस्थापक शेयरको कटअफ १ सय ७० रूपैयाँ कायम भएको छ ।

इन्स्योरेन्सको साधारण शेयरका लागि एक हजार १६ वटा आवेदन परेको थियो । साथै संस्थापक शेयरका लागि भने ३ वटा मात्र आवेदन परेको थियो ।

त्यस्तै साधारण शेयरका लागि अधिकतम पाँच सय रुपैयाँसम्मको आवेदन परेको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?