राष्ट्रिय वाणिज्य बैंक र कर्मचारी सञ्चयबीच वित्तीय कारोबार सम्झौता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र कर्मचारी सञ्चय कोषबीच सञ्चयकर्तालाई सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ । 

शुक्रबार भएको सम्झौतामा कर्मचारी सञ्चय कोषले आफ्ना सञ्चयकर्ताहरुलाई प्रदान गर्ने कर्जा सापटी, कोषको रकम भुक्तानी, विशेष सापटी तथा अन्य भुक्तानी वाणिज्य बैंकको कर्पोरेट इन्टरनेट बैंकिङ्ग डिजिटल सेवा मार्फत राष्ट्रिय वाणिज्य बैंकमा रहेको सञ्चयकर्ताको खातामा सिधै रकम जम्मा बैकले जानकारी दिए । 

सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र कर्मचारी सञ्चय कोषका प्रशासक तुलसीप्रसाद गौतमले हस्ताक्षर गरे ।

बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले दुई ठूला वित्तीय कारोबार गर्ने सरकारीे संस्थाहरुबीच भएको यस सम्झौताबाट सञ्चयकर्तालाई अझ सिघ्र र प्रभावकारी ढंगबाट आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्न सकिने बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए ।

त्यसैगरी कोषका प्रशासक गौतमलले हाल कोषमा करिब ६ लाख सञ्चयकर्ता रहेको बताउँदै देशकै ठूलो बैंक र ठूलो फण्ड म्यानेजरबीचको यो सम्झौता बित्तीय क्षेत्रको सेवा प्रवाहमा कोशेढुङ्गा सावित हुने बताए ।

बैंकको हाल ७४ जिल्लामा २ सय ६ वटा शाखा कार्यालय, १ सय ३५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?