लोकपथ टप फिप्टिन हेडलाइन्स : नागरिकता विधेयक पारितदेखि अमेरिकी सहायक विदेशमन्त्री काठमाडौंसम्म

लोकपथ
63
Shares

१  नागरिकता ऐनको संशोधन विधेयक राष्ट्रियसभाबाट बहुमतले पारित, राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कार्यान्वयनमा आउने ।

२  कोरोना भाइरससहित विभिन्न किसिमका महामारीसँग जुध्ने सामर्थ्य बढाउनुपर्नेमा प्रधानमन्त्री शेरबहादुर देउवाको जोड, सर्वसाधारण नागरिकलाई स्वास्थ्य सेवा सर्वसुलभ ढंगले उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको भनाइ ।

३  पार्टीलाई राष्ट्रिय राजनीतिको मियोका रूपमा स्थापित गर्नुपर्नेमा एमाले अध्यक्ष केपी शर्मा ओलीको जोड, निर्वाचनमा पार्टीले जित्ने गरी काममा लाग्न कार्यकर्तालाई निर्देशन ।

४ एमालेसँग गठबन्धन वा तालमेल हुन नसक्ने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भनाइ, कांग्रेससँगै सहकार्य गर्ने भएकाले दायाँ–बायाँ नसोच्न नेता कार्यकर्तालाई आग्रह ।

५ पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोना संक्रमण पुष्टि, थप २ जनाको मृत्यु, सक्रिय संक्रमितको संख्या ४ हजार २ सय ३६ पुग्यो ।

६ अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौंमा, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग भेटवार्ता गर्ने कार्यक्रम ।

७ कारागारहरुलाई खुला स्थानमा स्थानान्तरण गरिने गृहमन्त्री बालकृष्ण खाणको भनाइ, कारागारको भौतिक पूर्वाधारमा व्यापक सुधार गर्नुपर्नेमा जोड ।

८ निर्वाचनमा महिला सहभागिता बढाउन सभामुख अग्निप्रसाद सापकोटाको आग्रह, लोकतन्त्रलाई बलियो बनाउन निर्वाचनमा प्रत्यक्षतर्फ महिलाहरुको अधिक प्रतिनिधित्व गराउन जोड दिनुपर्ने भनाइ ।

९ प्रधानसेनापतिको अस्ट्रेलिया भ्रमणले सरकारको दोहोरो नीति देखिएको राष्ट्रिय सभाकी सांसद दिलकुमारी थापाको आरोप, प्रधानसेनापति अस्ट्रेलियामा भएको आइपिएसको कार्यक्रममा सहभागि भएको सम्बन्धमा सरकारको जवाफ माग ।

१० टेलिकमको गुणस्तर सुधारका कार्ययोजना १५ दिनभित्र पेस गर्न सञ्चार मन्त्रालयलाई विकास तथा प्रविधि समितिको निर्देशन, टेलिकमको फोरजी सेवा विस्तारलाई तिब्रता दिन आग्रह ।

११  सेयर बजारको उकालो यात्रामा आज पनि निरन्तरता, नेप्से परिसूचक १५.४४ अंकले बढ्दा झन्डै ५ अर्ब रुपैयाँको कारोबार, फाइनान्स समूहका लगानीकर्ताले सर्वाधिक नाफा कमाए ।

१२  बिहीबार न्यूजील्याण्डका दर्जनबढी विद्यालयहरुमा बमको धम्की, अधिकांश विद्यालयमा गरियो तालाबन्दी, विदेबाट साइबर आक्रमण हुनसक्ने प्रारम्भिक अनुसन्धान ।

१३  अमेरिका र दक्षिण कोरियाको सैन्य अभ्यासले अमेरिकाको ‘दोहोरो मापदण्ड’ र ‘गैंगस्टरको’ चरित्र देखिएको उत्तर कोरियाली नेता किम जोङको आरोप, आवश्यक परे उत्तर कोरिया आणविक युद्ध गर्न तयार रहेको चेतावनी ।

१४  आईसीसीको एकदिवसीय वरीयतामा नेपाल यथावत रहँदै १९ औं स्थानमा, नयाँ वरीयता अनुसार न्युजिल्याण्ड शीर्ष स्थानमा रहँदा इंग्ल्यान्ड दोस्रो र भारत तेस्रो स्थानमा ।

१५  श्रीलंकामा आयोजना गर्ने भनिएको एसिया कप क्रिकेट आर्थिक संकटमा, प्रतियोगिता युएई सारीयो, अब एसिया कप अगस्ट २७ देखि सेप्टेम्बर ११ सम्म हुँदै ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?