दुई युवाले शुरु गरे कारको खेती, हेर्न आउनेको भीड

अमेरिका । त्यसो त संसारमा अचम्मका देशहरु छन् । संसारमा विविध तरिकाले कैयन् खेती पनि हुने गर्छन् । नेपालसहित कैयन् देश खेतीमै निर्भर छन् ।

तर, तपाईंले शायद सुन्नुभएको छैन होला, संसारमा कारको पनि खेती हुने गर्छ ।

यो पत्याउनै नसक्ने कुरालाई चाहिँ वास्तविक भनिएको छ । एक वेबसाइटका अनुसार अमेरिकामा एक यस्तो ठाउँ पनि छ कि, जहाँ कारको खेती हुने गर्छ । यहाँको एउटा पहाडी गाउँमा कारको खेती गर्ने गर्छन् ।

तपाईंलाई लाग्न सक्छ कि, कारको खेती पनि कसरी गर्न सकिन्छ? खासमा यहाँ माइकल मर्क रिप्पा नामका एक व्यक्तिले पुराना गाडीलाई प्रयोग गर्न शुरु गरे । जसलाई देखेर मान्छे चकित पर्न थाले ।

यो काम रिप्पीले लामो समयदेखि गरिरहेका थिए । सन् २०११ मा उनले अर्का साथी भेट्याए । कैड सर्ग नामका ती व्यक्तिले रिप्पीको आइडियालाई हिट गरिदिए । दुवैले मिलेर ‘द इन्टरनेशनल कार फोरेस्ट अफ द लास्ट चर्च’ नाममा जग्गा चुने ।

यहाँ अहिले ४० भन्दा बढी कार छन् । जसमा केही ट्रक पनि छन् ।

यसको सबैभन्दा रमाइलो पक्ष के छ भने कारको आधा भाग जमिनमा नै गाडिएको छ । जमिनमा गाडिएका कार हेर्न यहाँ मान्छेको भीड लाग्ने गरेको छ । यही हेर्न मान्छे समेत यहाँ आउने गरेका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?