यी अभिनेता, जो मध्यरातमा उठेर कसरत गर्छन्

एजेन्सी : मार्क वालबर्ग, प्रख्यात हलिउड नायक ।

'द इटैलियन जॉबु', 'द डिपार्टेडु और,' र 'ट्रान्सफर्मर्स' जस्ता फिल्मका विभिन्न सिरिजमा काम गरेका मार्कको प्रख्याती त्यतिमा मात्र समिति छैन । 

हरेक रात साढे २ बजे उठ्ने र सुनसान रातमा कसरत गर्ने उनको बानीलार्इ विश्वभर अचम्मको जीवनशैलीका रूपमा हेर्नेहरू थुप्रै छन् । 

जब सारा संसार सुतिरहेको हुन्छ, त्यतिखेर मार्क बिछ्याैनाबाट उठ्छन् र शारिरिक व्यायाम शुरू गर्छन् । 

मार्कले अाफ्नो दिनचर्यालार्इ सामाजिक सञ्चालमा पनि शेयर गर्ने गर्छन् । ४७ बर्षीय मार्क उनको निकै बलिष्ठ र स्वस्थ शरिरका लागि प्रख्यात छन् । 

हरेक रात साढे २ बजे उठ्ने, अाधा घण्टा प्रार्थना गर्ने र सवा ३ बजे बदामको क्रिमसँग ब्लुबेरी र दलिया खाने मार्क यसपछि लगातार ९५ मिनेटसम्म कसरत गर्छन् । कसरत सकेपछि उनी फेरि प्रोटिन सेक, तीनवटा बियर र पाँचवटा सखरखण्ड खान्छन् । 

यसपछि बिहान ६ बजेपछि अाधाघण्टासम्म नुहाउने, त्यसपछि गल्फ खेल्ने र ८ बजेतिर टर्कीको मासुलार्इ खाजाका रूपमा खाने मार्क अारामका लागि अाधा घण्टासम्म क्रायोजेनिक चेम्बरमा रहन्छन् । 

खेलाडीकाा लागि क्रायोथेरापी त्यस्तो प्रसिद्ध उपचार पद्धती हो जहाँ हावालार्इ मार्इनस १०० डिग्रीसम्म झारिन्छ, ताकि शरिरको मांशपेशी र जोर्नीहरूको दुखार्इबाट छुटकारा मिलोस । 

मार्क विहान सवा १० बजेतिर खाना खान्छन् । उठेको ८ घन्टापछि मात्र उनी बैठकमा भाग लिन्छन्, फोन उठाउँछन् र परिवारका साथ समय बिताउँछन् । 

चार बच्चाका पिता मार्क अाफ्ना परिवारसँग समय बिताउन उत्तिकै रूची राख्छन्, जति लगाव सुनसान रातमा गरिने कसरतमा छ । 

बेलायतस्थित सेन्टमेरी विश्वविद्यालयमा अप्लार्इड स्पोर्ट सार्इन्स पढाउने प्राध्यापक जोन ब्रुअरले मार्कलार्इ शारिरीक अाकार अाफ्नो अनुकुल बनाउन र अधिक कसरतको परिणाम स्वास्थ्यअनुकुल बनाउन सल्लाह दिएका छन् । 

अहिले मार्कले गरिरहेको व्यायामलार्इ लामो समयसम्म निरन्तरता दिन नसकिने हुनाले शरिरलार्इ क्रमश : उमेर अनुकुल बनाउन पनि प्रोफेसर ब्रुअरको सल्लाह छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?