१ करको दरमा हेरफेर गरेको आरोप लागेका निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले पाए ‘क्लिन चिट’, संसदीय विशेष छानबिन समितिले १७ दिन लगाएर गरेको अनुसन्धानका क्रममा शर्माविरुद्ध कुनै प्रमाण फेला पारेन ।
२ एसपीपीलाई अघि नबढाउने पत्र अमेरिकालाई पठाइसकेको परराष्ट्रमन्त्री डा.नारायण खड्काको भनाइ, सरकारले अमेरिकालाई पठाएको पत्र सार्वजनिक गर्न नमिल्ने प्रतिक्रिया ।
३ नेपालका ५ वटा राष्ट्रिय निकुञ्जहरुमा बाघको संख्यामा करिब दोब्बरले वृद्धि, सन् २०२२ मा भएको गणनामा बाघको संख्या ३५५ पुग्यो ।
४ जनार्दन शर्मालाई क्लिन चिट दिएको प्रतिवेदनमा नेकपा एमालेले राख्यो फरक मत, अनधिकृत भनिएका व्यक्ति लगायत छानबिनको दायरामा रहेका व्यक्तिहरुको कल डिटेल र मोबाइल लोकेसन हेर्न नदिइएको आरोप, गहिरो अनुसन्धान हुन नसकेको भनाइ ।
५ प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता, नेपाल–अमेरिकाको मैत्रीपूर्ण र सहकार्यत्मक सम्बन्धबारे छलफल ।
६ पछिल्लो २४ घण्टामा थपिए कोरोनाका ५७७ नयाँ संक्रमित, २६९ जना संक्रमणमुक्त, दुई जनाको मृत्यु ।
७ आरोपबाट सफाई पाएकाले अर्थमन्त्रीमा जनार्दन शर्मानै फर्कनुपर्ने माओवादी केन्द्रका नेता वर्षमान पुनको भनाइ, अर्थमन्त्रीका लागि पार्टीमा शर्माको विकल्प नखोजिएको प्रतिक्रिया ।
८ ‘राइड सेयरिङ’ एपलाई करको दायरामा ल्याउन बागमती प्रदेश सरकारले थाल्यो तयारी, दुई पाङ्ग्रे यात्रुवाहक सेवा प्रदायकलाई नियमन गर्न र यात्रु सुरक्षाका लागि ऐनको व्यवस्थापन गर्ने गरी ‘राइड सेयरिङ’सञ्चालन तथा व्यवस्थापन कार्यविधि निर्माण गरिने ।
९ कक्षा १२ को नतिजामा ‘नन ग्रेडेड’ लागू हुने, परीक्षाको नतिजा आगामी भदौ भित्रै सार्वजनिक गर्ने परीक्षा नियन्त्रण कार्यालयको तयारी ।
१० साढे दुई करोड रुपैयाँ बिमा रकम लिन नक्कली बिहे गरेर श्रीमान्को योजनाबद्ध हत्या, रकम लिएर विदेश भाग्न लागेकी युवतीसहित ६ जना पक्राउ ।
११ साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको वृद्धि, दुई घण्टा खुलेको बजारमा २ अर्ब १९ करोड रुपैंयाको कारोबार ।
१२ अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनिँया राष्ट्रपति सी जिनपिङबीच दुई घण्टाबढी भर्जुअल बैठक, ताइवानको विषयमा एकअर्कालाई चेतावनी दिँदै सकियो बैठक, दुई देशबीचको सम्बन्धमा देखिएन कुनै सुधार ।
१३ युक्रेनको गोलाबारीमा परी डोनेस्कमा रहेको एउटा जेलमा ४० युक्रेनी युद्धबन्दी मारिएको रुसी रक्षा मन्त्रालयको दाबी, युक्रेनले नभई रुसले जेलमा गोली हानेको युक्रेन आरोप ।
१४ नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वडिफेन्डर सन्दीप राई प्रदेश १ को खेलकुद विकास बोर्डको सदस्यमा नियुक्त, सन्दीपले २००८ देखि २०१५ सम्म नेपाली राष्ट्रिय टोलीमा रहेर खेलेका थिए ।
१५ फर्मुला वानका चार पटकको विश्व च्याम्पियन सेबास्टियन भिटेलले सामाजिक संजालमार्फत गरे सन्यासको घोषणा, ३५ वर्षीय भिटेल २०१० देखि १३ सम्म बनेका थिए विश्व च्याम्पियन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया