काठमाडौं । लुम्बिनी विकास बैंक लि. र एम. ए. डब्लु. अटो कोर्प प्रा. लि. तथा एम. ए. डब्लु. कमर्सियल भेहिकल्स प्रालिबीच फोटन र चङ्गन ब्राण्डका व्यक्तिगत तथा व्यवसायिक प्रयोजनका सवारी साधन खरिद गर्ने ग्राहकहरुलाई लगानी गर्ने सम्झौता गरेको छ ।
सो सम्झौतापत्रमा लुम्बिनी विकास बैंकको तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पवन ढकाल र एम. ए. डब्लु. अटो कोर्प तथा एम. ए. डब्लु. कमर्सियल भेहिकल्स प्रा. लि. को तर्फबाट प्रबन्ध निर्देशक विवेक सिकारीयाले संयुक्त रुपमा हस्ताक्षर गरे ।
सो सम्झौतापत्रमा उल्लेख भएअनुसार उक्त सुविधा ग्राहकहरुले बैंकको सबै शाखाहरुबाट लिन सक्नेछन । लुम्बिनी विकास बैंक लिमिटेडले हाल देशका सातवटै प्रदेशमा गरी ८६ वटा शाखाहरुमार्फत सेवा दिँदै आएको छ । साथै सवारी साधन खरिद गर्न चाहने ग्राहकहरुले सो सेवा बिक्रेताको देशभरी रहेको १३ वटा शोरुम मार्फत खरिद गर्न सक्नेछन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया