एजेन्सी । साउदी अरबमा पहिलो पटक महिलाहरुको लागि पाइलट र फ्लाइट एटेडेन्टको भर्ना खुलेको छ ।
रियादको फ्लाइनास एयरलाइनले उड्यनको क्षेत्रमा महिलाहरुको पँहुच बढाउने उदेश्यले यो कदम उठाएको हो । बुधबार भर्नाको सुचना जारी भएको २४ घण्टाभित्र देशभरबाट एक हजारभन्दा बढी महिलाहरुले आवेदन परेको छ ।
फ्लाइनासका प्रवक्ताले आफ्नो कम्पनी साउदीमा चलिरहेको परिवर्तनमा महिलाहरुको पनि महत्वपूर्ण हिस्सेदारी बनाउन चाहेको बताए । उनले एयरलाइन्सको सफलतामा महिलाहरुको महत्वपूर्ण भूमिका हुने बताए ।
भिजन २०३० को असर
साउदी युवराज सलमान बीन साउद आफ्नो भिजन २०३० अन्तर्गत सन् २०३० सम्म साउदी अरबलाई तेल–ग्यास र हज यात्राबाट हुने आम्दानीमा रहेको हालको निर्भरता कम गर्न चाहन्छन् । साथमा उनी अर्थव्यवस्थामा विविधता दिनको लागि निर्माण तथा सेवा क्षेत्रलाई बढावा दिन चाहन्छन् ।
युवराज धेरैभन्दा धेरै मानिसहरुलाई अर्थव्यवस्थाको हिस्सा बनाउन चाहन्छन् भनेर उनको समर्थकहरु भनिरहेका छन् । यसले देशको उत्पादकत्वमा पनि वृद्धी गर्नेछ । तथापी देशका कयैन कट्टरपन्थी हिस्साले युवराजको सुधार प्रयासको आलोचना पनि गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया