सिटिजन्स बैंक र तिनाउ इन्टरनेसनल हस्पिटलबीच समझदारी

लोकपथ
28
Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका कार्डबाहक ग्राहकलाई रुपन्देही बुटवलस्थित श्री तिनाउ इन्टरनेशनल हस्पिटल प्रा.लि. मा विभिन्न रोग सम्बन्धी सेवा लिँदा विशेष छुट दिने समझदारी पत्रमा दुई पक्षबीच हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार सिटिजन्स बैंकका कार्डबाहकले तिनाउ हस्पिटलका विभिन्न सेवाहरुमा २० प्रतिशतसम्म छुट पाउनेछन् । यसका साथै हस्पिटलबाट फिजियोथेरापीका सेवामा थप आकर्षक प्याकेजको व्यवस्था पनि गरिएको छ ।

यस सुविधाबाट स्थानीय सेवाग्राहीहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ । यसले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गर्नुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?