अभिनेत्री सुस्मिता बम्जन (केसी)ले गरिन् किलन स्वामीसँग इन्गेजमेन्ट

काठमाडौं । अभिनेत्री सुस्मिता बम्जन (केसी)ले इन्गेजमेन्ट गरेकी छन् । उनले साउथ इन्डियन नागरिक किलन स्वामीसँग इन्गेजमेन्ट गरेकी हुन् ।

गत ९ सेप्टेम्बरमा इन्गेजमेन्ट गरेकी सुस्मिताले आउँदो भ्यालेन्टाइन डेको अवसर पारेर विवाह गर्ने भएकी छन् ।

सन् २००१ मा अभिनेता भुवन केसीसँग छुट्टिए पनि एक्लै रहँदै आएकी उनले स्वामीसँग दोस्रो विवाह गर्न लागेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?